yt yt

हैदराबादबाट बेंगलुरुलाई २३२ रनको कडा चुनौती

शुक्रबार, जेठ ९, २०८२

काठमाडौँ:इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ३२ रनको विशाल लक्ष्य दिएको छ।

लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रनको ठूलो स्कोर खडा गर्‍यो।

हैदराबादको पारीमा इशान किशन चम्किए। उनले केवल ४८ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ९४ रन बनाए। उनले पारीको अन्त्यसम्म क्रिज सम्हाल्दै टोलीलाई विशाल स्कोरमा पुर्‍याए।

अन्य ब्याट्सम्यानहरूमध्ये अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६, हेनरिक क्लासेनले २४, ट्र्याविस हेडले १७, कप्तान प्याट कमिन्सले अविजित १३ तथा अभिनव मनोहरले १२ रन बनाए।

आरसिबीका लागि रोमारियो शेफर्डले २ विकेट लिए भने भुवनेश्वर कुमार, लुंगी एन्गिडी, सुयश शर्मा र कृणाल पाण्ड्याले १-१ विकेट झारे।

बेंगलुरुको प्रदर्शन यो सिजन निकै सशक्त देखिएको छ। हालसम्म उसले १२ खेल खेल्दा ८ जितेको, ३ हारेको र १ खेल बराबरीमा टुंगिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्