hERO hERO

टेस्ट टोली बंगलादेशको लज्जास्पद हार, घरेलु मैदान बोलाएर यूएईले गर्‍यो धुलाई!

बिहीबार, जेठ ८, २०८२

काठमाडौँ : टेस्ट टोली बंगलादेशले यूएईविरुद्धको टी–२० शृंखलामा लज्जास्पद हार भाेगेकाे छ। बिहिवार भएकाे तेस्राे तथा अन्तिम खेलमा  यूएईले  बंगलादेशलाइ सात विकेटले पराजित गर्दै तीन खेलको शृंखलामा २–१ ले कब्जा गरेकाे हाे । १६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमै ३ विकेट गुमाएर भेट्टायाे । अलिशान शराफुले ४७ बलमा ६८ रन बनाउँदै यूएईलाई जितको बन्दोबस्त गरिदिए भने आसिफ खानले ४१ रनको योगदान दिए।

क्रिकेट विश्लेषकहरू भन्छन्—"टेस्ट राष्ट्रको दर्जा पाएको टोलीले एसोसिएट राष्ट्रसँग शृंखला गुमाउनु केवल हार होइन, यो चेतावनी हो।"

युएईको ऐतिहासिक जित, बंगलादेश झनै दबाबमा
यूएईले पहिलोपटक बंगलादेशलाई हराउँदै शृंखला जित्दा, बंगलादेशका खेलाडीहरू न त ब्याटिङमा टिक्न सके न त बलिङमा धार देखाउन सके। 

बंगलादेशका लागि संकटको संकेत
शृंखलाभर बंगलादेश असन्तुलित देखियो। कप्तान लिटन दासको कप्तानी, टिम संयोजन र रणनीति प्रश्नचिन्हमा परेका छन्। विशेषगरी एक समय ८४ रनमै ८ विकेट गुमाएको अवस्था एउटा टेस्ट टोलीको लागि अत्यन्तै लाजमर्दो थियो।

यूएईको जोश, बंगलादेशको होश गुम्यो!
यूएईका युवा खेलाडी हैदर अली, मतिउल्लाह खान र सघिर खानले बलिङमा आक्रमक प्रदर्शन गर्दै बंगलादेशलाई लगातार दबाबमा राखे। यस जितले यूएईको क्रिकेट स्तर कति माथि पुगेको छ भन्ने प्रमाणित गरेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्