सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
“फुटबल फर फेलोसिप” भन्ने मूल नाराका साथ सुरु गरिएको ‘लायन्स कप फ्रेन्डली फुटबल प्रतियोगिता को चौथो संस्करण’ शुक्रबार बाट सुरु हुँदै छ । सिन्धुपाल्चोकको चौतारामा लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजनामा हुने प्रतियोगिता यस वर्ष “वकिर्ङ टुगेदर” भन्ने उद्देश्यलाई लिएर सञ्चालन गरिँदैछ । प्रतियोगिता २०८० जेठ ९ र १० गते चौतारास्थित टुँडखेलमा सञ्चालन हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा जिल्लाका विभिन्न संघसंस्था तथा समुदायबाट १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा नगरपालिकाका जनप्रतिनिधि , चौतारा स्पोर्टिङ क्लब भेट्रान्स, बैंक इन्स्योरेन्स माइक्रोफाइनान्स क्लब, पत्रकार महासंघ जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका कर्मचारी, जुगल गाउँपालिका कर्मचारी, चौतारा साँगाचोकगढी शिक्षक महासंघ, सिन्धु इन्जिनियरिङ सोसाइटी, भिन्तुना खेलकुद एकेडेमी, रोयल्स फेमेली चौतारा, कर्मचारी मिलन केन्द्र र आयोजक आफैं सहभागी हुँदैछन् । स्थानीय संघसंस्था तथा समुदायबीच आपसी मेलमिलाप, सहकार्य र सद्भाव बढाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनएको छ ।