सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : पाकिस्तानले बंगलादेशविरुद्धको तीन खेलको घरेलु टी-२० सिरिजका लागि घोषणा गरेको नयाँ टोलीमा चर्चित अनुहारहरूलाई विश्राम दिइएको छ। पूर्वकप्तान बाबर आजम, विकेटकिपर मोहम्मद रिजवान र स्टार बलर शाहीन अफ्रिदी यसपटक टोलीमा छैनन्।
१६ सदस्यीय टिमको नेतृत्व सलमान अली आगाले गर्नेछन् भने उपकप्तानको भूमिकामा शादाब खान रहनेछन्। अनुभवी खेलाडीहरू फखार जमान, हारिस रउफ, र नसीम शाह भने टोलीमा कायम रहेका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (PCB) का अनुसार, यो टोली पाकिस्तान सुपर लिग (PSL) मा खेलाडीहरूले देखाएको प्रदर्शनका आधारमा छनोट गरिएको हो। चोटका कारण केही समय टिमबाट बाहिर रहेका साइम अयूबले पुनरागमन गरेका छन्।
यसैगरी साहिबजादा फरहान पनि झन्डै ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। उनले हालै सम्पन्न पीएसएलमा १० खेलमा ३९४ रन बनाउँदै सानदार प्रदर्शन गरेका थिए।
नयाँ प्रशिक्षक माइक हेसनको मार्गदर्शनमा पाकिस्तान पहिलोपटक मैदानमा उत्रनेछ। शृंखलाको मिति र खेल तालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।
घोषित टोली: