सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
एजेन्सी :इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणका ६२ खेल सकिएको छ। हालसम्म ५ टोली प्लेअफको दौडबाट बाहिर भइसकेका छन् भने ३ टोलीले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। बाँकी एक स्थानका लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
राजस्थानले नवौँ स्थानमा सिजन टुंग्यायो मंगलबार दिल्लीको अरुण जेटली रंगशालामा भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सविरुद्ध ६ विकेटको जित दर्ता गर्दै यो सिजन नवौँ स्थानमा समाप्त गर्यो। चेन्नईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्यो।
दुवै टोली प्लेअफको दौडबाट पहिल्यै बाहिर भइसकेका थिए। यो जितसँगै १४ खेलबाट ८ अंक जोडेको राजस्थान नवौँ स्थानमा रहँदा १३ खेलबाट ६ अंकसहित चेन्नई दशौँ स्थानमा छ।
मुम्बई आज जिते प्लेअफ पक्का आज मुम्बईमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सविरुद्ध महत्वपूर्ण खेल हुँदैछ। मुम्बईले हालसम्म १२ खेलमा ७ जित र ५ हारसहित १४ अंक बनाएको छ। यदि मुम्बईले आजको खेल जित्यो भने उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।
तर हार भएमा उसले पञ्जाब किङ्सविरुद्ध अन्तिम खेल जित्नैपर्ने हुन्छ, साथै दिल्लीले आफ्नो अन्तिम खेलमा हार बेहोर्नुपर्नेछ।
दिल्लीलाई दुबै खेल जित्नैपर्ने दबाब दिल्ली क्यापिटल्सको हालसम्म १२ खेलमा ६ जित, ५ हार र १ बेनतीजा खेलसहित १३ अंक छ। आजको खेल जितेमा उसले मुम्बईलाई पछि पार्दै ४औँ स्थान ओगट्नेछ। त्यसपछि पञ्जाबविरुद्ध अन्तिम खेल जित्न सके दिल्ली प्लेअफ पुग्नेछ।
तर यदि आजको खेलमा दिल्ली हार्यो भने उसले अन्तिम खेल जिते पनि प्लेअफ पुग्न सक्दैन।
सूर्यकुमार यादव शीर्ष स्कोरर बन्ने होडमा गुजरात टाइटन्सका साई सुदर्शन हालसम्म ६१७ रनसहित ओरान्ज क्याप होल्डर छन्। उनीपछाडि शुभमन गिल र यशस्वी जैसवाल छन्। मुम्बईका सूर्यकुमार यादवले यदि आज १०८ रन बनाउँछन् भने उनी शीर्षमा पुग्नेछन्।
प्रसिद्ध कृष्णा सर्वाधिक विकेट लिने बलर गुजरातका प्रसिद्ध कृष्णा २१ विकेटसहित अग्रस्थानमा छन्। चेन्नईका नुर अहमद २० विकेटसहित दोस्रो र आरसीबीका जोश हेजलवुड १८ विकेटसहित तेस्रो स्थानमा छन्।
-यस्तो छ आईपिएलको अंक तालिका :