diwpawali diwpawali

चेन्नाईलाई हराउँदै राजस्थानद्वारा आईपिएलमा सुखद् अन्त्य

बुधबार, जेठ ७, २०८२

काठमाडौं :इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजनलाई राजस्थान रोयल्सले जितसहित समाप्त गरेको छ।

दिल्लीमा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो।

१८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १७ बल बाँकी हुँदा मात्र चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीको जितमा वैभव सूर्यवंशीले ३३ बलमा चार चौका र चार छक्कासहित विस्फोटक ५७ रनको योगदान दिए। कप्तान सञ्जु सामसनले ४१ रन बनाए भने यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रन थपे।

बलिङतर्फ चेन्नाईका रविचन्द्रन आश्विनले दुई विकेट लिए भने असुल कम्बोज र नुर अहमेदले एक/एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा आठ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। चेन्नाईका आयुश महात्रे ४३ रनको उत्कृष्ट पारी खेले भने देवाल्ड ब्रेविसले ४२, शिवम दुबेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र आश्विनले १३ रनको योगदान गरे।

राजस्थानका लागि युद्धविर सिंह र आकाश मधवालले समान तीन/तीन विकेट लिए। तुसार देशपाण्डे र वनिन्दु हसरंगाले एक/एक विकेट लिए।

यो जितसँगै राजस्थानले १४ खेलमा आठ अंक जोड्दै तालिकाको नवौँ स्थानमा सिजन टुंग्यायो। चेन्नाई सुपर किंग्स भने १३ खेलमा जम्मा ६ अंकसहित अन्तिम स्थान (१०औँ) मा रह्यो।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०५:५३
प्रतिक्रिया दिनुहोस्