सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि थाइल्याण्डले जितेको छ ।
आज भएको फाइनलमा नेपालाई ७८ रनले हराउँदै घरेलुटोलीले उपाधि कब्जा गरेको हो । जीतका लागि १५९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो । नेपालकालागि कविता कुँवरले सर्वाधिक २४ रनको योगदान गरिन् । राजमती ऐरीले २० रन बनाउँदा रुविना क्षेत्रीले १२,सम्झना खड्काले ९ तथा कप्तान इन्दु वर्माले ७ रन बनाइन् । राजमती ऐरीले रुवी पोदारले ४ रन बनाईन् । रोमा थापा,इश्वरी विष्ट पूजा महत्तो र रिया शर्माले खातानै खोल्न सकिनन् ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा ओनीचा कामचौम्पÞmूले सर्वाधिक ४ विकेट लिँदै ह्याट्रिक पूरा गरिन् । थिपाचा पुथावोङले ३ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको थाइल्याण्डले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै १५८ रनको ठूलो योगफल बनाएको थियो । ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीको स्कोर मजबुत बनाएका थिए ।
उपाधि थाईल्याण्डले जितेपनि नेपाल र थाईल्याण्ड यसअभि नै ग्लोबल क्वालिफायरमा छनौट भईसकेका छन् ।