yt yt

युएईसंग टेस्ट टोली बंगालादेशको लज्जास्पद हार 

मंगलबार, जेठ ६, २०८२

काठमाडौँ :बंगालादेशविरुद्दको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले ऐतिहासिक जित निकालेको छ ।

सोमवार साँझ भएको खेलमा घरेलुटोली युएईले बंगालादेशलाई २ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । बंगालादेशले दिएको २०६ रनको लक्ष्य युएईले १ बल बँकी छँदा ८ विकेट गुमार पूरा गर्यो । युएइलाई जित दिलाउन कप्तान मोहमद वासीले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८२ रन जोडे । मुहम्मद जोहेबले ३८ तथा आशिफ खानले १९ रन बनाए ।

त्यसअघि सारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निधारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो ।  उसकालागि तान्जिद हसनले ५९ रन बनाए । तौहिद ह्रयदले ४५ तथा कप्तान लिटन दासले ४० रन जोडे ।

युएईले बंगालादेशलाई हराएको यो पहिलो पटक हो । अहिले सम्म बंगालादेश युएईसंग हारेको थिएन । पहिलो खेलमा बंगलादेशले युएईलाई २७ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्