सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आईपीएल २०२५ को प्लेअफ यात्रामा अघि बढ्ने लखनउ सुपर जायन्ट्सको आशा सोमबार समाप्त भएको छ।
हैदराबादमा भएको खेलमा सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएपछि लखनउ प्रतियोगिताबाट बाहिरिएको हो।
पहिले नै प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबादले आक्रामक प्रदर्शन गर्दै लखनउले दिएको २०६ रनको चुनौती १८.२ ओभरमै पार गर्यो। हैदराबादका लागि ओपनर अभिषेक शर्माले मात्र २० बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ५९ रन बनाए। हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदै टिमलाई जित दिलाउन योगदान गरे।
बलिङतर्फ लखनउका दिग्वेश राथीले २ विकेट लिँदा विलियम ओरोर्कले १ विकेट लिन सफल भए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। मिचल मार्शले ६५ र एइडेन मार्करमले ६१ रनको योगदान गरे भने निकोलस पूरनले ४५ रन बनाए।
यो जितसँगै हैदराबादले १३ खेलमा ४ जितसहित ९ अंक बनाएको छ र अंक तालिकाको आठौं स्थानमा यथावत् छ। लखनउ भने १२ खेलमा १० अंकसहित सातौं स्थानमा रहँदै प्लेअफको दौडबाट बाहिरिएको छ।