सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।
आज भएको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । जितकालागि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाईन् । रुविना क्षेत्रीले २३ तथा सम्झना खड्काले २१ रन जोडन् ि।
त्यसअघि थाइल्यान्डको टेर्डथाई मैदानमा सोमबार भएको खेलमा टस जितेकी नेपालकी कप्तान इन्दु बर्माले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो।
यूएईका लागि ओपनर इशा ओझाले उत्कृष्ट प्रदर्शन गर्दै ३९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडिन्। अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रनको योगदान दिइन्।
नेपालका लागि मनिषा उपाध्यायले धारिलो बलिङ गर्दै ४ विकेट लिइन् र यूएईलाई ठूलो स्कोर गर्नबाट रोकिन्। नेपालले अबको खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ। सुपर ३ को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले युएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान बनाईसकेको छ ।