T10 T10

युएई विरुद्द नेपाल फिल्डिङ गर्दै

सोमबार, जेठ ५, २०८२
Global

काठमाडाै:आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ चरणको महत्वपूर्ण खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ।

थाइल्यान्डकाे टेर्डथाइ क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेकी हुन्। यो खेल दुवै टोलीका लागि निर्णायक मानिन्छ, किनभने विजेता टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। अब नेपाल र युएईबीचको यो खेल दोस्रो स्थानका लागि निर्णायक हुने भएको छ, जसले प्रतियोगिताको तनाव अझ चर्काएको छ।

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्