yt yt
महिला टी–२० विश्वकप एसिया छनोट

नेपालको निर्णायक खेल आज: युएईलाई हराए ग्लोबल छनोटमा स्थान पक्का

सोमबार, जेठ ५, २०८२

काठमाडौँ:आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको निर्णायक खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुदैँछ ।

यी दुई टोलीबीचको खेल थाईल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समअनुसार बिहान सवा ८ बजे हुनेछ । समूह चरणको खेलमा हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि भाग्यले साथ दिँदा सुपर-थ्री मा पुगेको नेपालका लागि आजको खेल गर या मरको अबस्था छ ।

आइतवार थाईल्याण्डसंग पराजित भएको युएईलाई पनि नेपाल विरुद्दको खेल अन्तिम मौका रहेकाले जसरी पनि खेल आफ्नो पक्षमा पार्ने मनस्थितमा छ । आजको बिजेता ग्लोबल छनौटमा पुग्नेछ । एक खेल अगावै थाईल्याण्डले ग्लोबल छनौटमा स्थान बनाईसकेको छ ।

सुपर -थ्री को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले युएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो । 

यस्तो छ सुपर थ्री को अंक तालिका :

टोली खेल जित हार अंक रन रेट (NRR)
थाइल्याण्ड +2.700
नेपाल
संयुक्त अरब इमिरेट्स -2.700

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्