सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा पञ्जाव किङग्सले राजस्थान रोयल्ससामु जितकालागि २२० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सवाई मानसिं रगाशाला जयपुरमा टस जितेर पहिले ब्याटिङ थालेको पञ्जावले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१९ रन बनायो । उसकालागि नेहल वधेराले सर्वाधिक ७० रनको योगदान गरे । सशांक सिंहले ५९ तथा कप्तान श्रेयस एैय्यरले ३० रन बनाए । अज्मतुल्लाह ओमारजाई र प्रभसिमरन सिंहले समान २१–२१ रन बनाए ।
२२० रनको लक्ष्य पछ्याएको राजस्थानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । प्लेअफमा स्थान सुरक्षित बनाउन पञ्जाबलाई आज जित्नै पर्ने दबाब छ । राजस्थानको टोली भने यसअघिनै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।