सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर ३ को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले युएईलाई ५४ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।
आइतबार भएको खेलमा थाइल्यान्डले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउँदै आएको युएईले पुरै २० ओभर खेले पनि ९० रनमै सिमित रह्यो।
थाइल्यान्डका लागि नटाया बुचाथमले ४९ रन बनाइन् भने नथ्थकन चन्थम ४६ रनमा अविजित रहिन्। कप्तान नन्नापत कोन्चारोएनकाईले पनि ३९ रनको योगदान दिइन्। युएईका लागि इशा ओजाले २ विकेट लिइन् भने सुरक्षम कोटे, केटी थम्पसन र एथिगे सिल्भाले समान एक विकेट लिए।
बलिङमा थाइल्यान्डका थिपाच्चा पुथावोङले २ विकेट लिए भने चनिडा सुथिरुङ र सुनिदा चतुरंगरत्नले १–१ विकेट झारे।
अब नेपाल र युएईबीच ‘डु–ओर–डाइ’ खेल
थाइल्यान्डको जितसँगै ग्लोबल छनोटमा बाँकी एक स्थानका लागि नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने भएको छ। सोमबार हुने खेलमा नेपालले युएईलाई हराएमा ग्लोबल छनोटमा स्थान बनाउनेछ। तर हार बेहोरेमा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।
अब सोमबारको खेल दुवै टोलीका लागि अन्तिम मौका हुनेछ।