सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्स बिचको खेल अझै सुरु हुन सको छैन ।
साँझ पौने आठ बजेका लागि समय निर्धारण गरिएपनि एम चिन्नास्वामी रंगशालामा निरन्तर वर्षा भईरहेकाले खेलमा टस समेत हुन सकेको छैन । आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । बेंगलुरुले जित निकाल्न सके अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ भने कोलकाताले जित्दा प्लेअफको दौड अझै रोमाञ्चक बन्नेछ ।
तर यदि वर्षाका कारण खेल रद्द भएमा कोलकत्ता प्लेअफको दौडबाट बाहिरिन सक्ने सम्भावना छ ।