सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थी्रको पहिलो खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल क्रिकेटसंघ क्यानका अनुसार नेपालले पर्सी सोमवार युएईसंग थाईल्याण्डको राजधानी बैङकमा प्रतिस्पर्धा गर्ने भएको हो । यी दुई टोलीबीचको खेल स्थानीय समअनुसार बिहान सवा ८ बजे हुनेछ । यस्तै मंगलबार हुने दोस्रो खेलमा नेपालले थाईल्याण्डसंग खेल्नेछ । हिजो भएको समूह चरणको खेलमा हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि नेपाल सुपर थ्रीमा पुगेको थियो । सुपर थ्रीमा पुगेका तीन टोलीले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछि अंकका आधारमा शीर्ष दुई स्थानमा रहने दुई टोलीले सन् २०२५ मा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनौटमा स्थान बनाउनेछन् ।
प्रतियोगितामा र्थाल्याण्ड,कुबेत,भुटान,युएई,मलेसिया,कतार,नेपाल,हङकङ र बहराईन गरी कूल ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये समुह 'ए' बाट थाइल्याण्ड,समुह 'बी' बाट युएई र समहु 'सी'बाट नेपालले सुपर थ्रीमा स्थान बनाएका हुन् ।