सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको कप्तान बन्ने निश्चित भएको छ ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि गिल भारतको राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्ने प्रमुख दावेदारको रूपमा उभिएका छन् । मुख्य प्रशिक्षक गौतम गम्भीरले उनलाई अहिले नै नयाँ टेस्ट कप्तान जस्तै व्यवहार गरिएको खबरहरु सार्बजनिक भएका छन् ।
गम्भीरले गिललाई आफ्नो दिल्ली निवासमा खाजाको लागि बोलाएर चार देखि पाँच घण्टासम्म छलफल गरेपछि गिललाई नै कप्तानी दिने मनसायमा पुगेका छन् । गम्भीर र गिलको बन्द ढोकाको कुराकानीले सामाजिक सञ्जालमा तीव्र चर्चा फैलाएको छ ।
आगामी जुन २० देखि सुरु हुने इङ्गल्याण्ड भ्रमण अघिनै गिललाई कप्तानको जिम्मेवारी दिनसक्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।