yt yt

टी–२० शृङ्खला :युएई र बंगलादेश भिड्दै

शनिबार, जेठ ३, २०८२

काठमाडौँ :युएई र बंगलादेश बीचको दुई खेलकोे टी–२० शृङ्खलाको पहिलो खेल आज हुँदैछ ।

युएईको शारजाह क्रिकेट स्टेडियम, शारजाहमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् । यो शृङ्खला बंगलादेशको लागि नयाँ सुरुवात हुनेछ ।

संक्रमणकालीन चरणबाट गुज्रिरहेको बंगलादेश नयाँ कप्तान लिट्टन दासको नेतृत्वमा मैदान उत्रदैँछ । बंगलादेशले अहिलेसम्म युएई विरुद्ध तीनवटा टी–२० खेल खेलेको छ । ती सबै खेलमा बंगालादेश विजयी भएको छ ।

घरेलु टोली युएईका लागि बंगालादेशविरुद्दको शृङ्खला इतिहास रच्ने अवसरका रुपमा हेरिएको छ । युएईले बंगलादेशलाई टी–२० खेलमा अहिले सम्म हराउन सकेको छैन ।

शृङ्खलाको दोस्रो तथा अन्तिम खेल आगामी सोमबार हुने छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्