सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईपीएल २०२५ अन्तर्गत आज कोलकाता नाइट राइडर्स (KKR) र रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) बीच प्रतिस्पर्धा हुँदैछ। चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ :४५ बजे हुने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ।
बेंगलुरुले जित निकाल्न सके अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ भने कोलकाताले जित्दा प्लेअफको दौड अझै रोमाञ्चक बन्नेछ। तर यदि वर्षाका कारण खेल रद्द भयो भने KKR प्लेअफको दौडबाट बाहिरिन सक्ने सम्भावना छ।
महत्त्वपूर्ण खेलाडीहरू बेंगलुरुका लागि ओपनर फिल साल्ट टोलीमा फर्कन सक्नेछन भने विराट कोहली सानदार लयमा छन्। बलिङमा जोश हेजलवुडको उपलब्धता अझै अन्योलमा रहेकाले भुवनेश्वर कुमारको भूमिकामा विशेष ध्यान हुनेछ।
कोलकाताका लागि कप्तान अजिंक्य रहाणेको प्रदर्शन निर्णायक हुनेछ। उनले अहिलेसम्म १२ खेलमा ३७.५ औसतका साथ ३७५ रन बनाएका छन्। त्यस्तै युवा ब्याट्सम्यान अंगकृष रघुवंशीले पनि ११ खेलमा २८६ रन जोडेका छन्।
ओरेंज क्यापमा कोहलीको दाबी विराट कोहलीले ११ खेलमा ५०५ रन बनाएका छन् र हाल ओरेंज क्यापको दौडमा चौथो स्थानमा छन्। सूचीको शीर्ष स्थानमा रहेका सूर्यकुमार यादवसँग कोहलीको मात्र ५ रनको अन्तर छ। आज ६ रन वा सोभन्दा बढी बनाए कोहलीले ओरेंज क्याप जित्नेछन् ।
आइपिएलको अंक तालिका यस्तो छ :