hERO hERO

लिग–२ अघिको अभ्यास खेलमा न्यू पोर्टमाथि नेपालको जित, गुलशन–आरिफको शतकीय साझेदारी

शनिबार, जेठ ३, २०८२

काठमाडौँ :आइसीसी क्रिकेट विश्वकप लिग–२ सुरु हुनु अघि बेलायत पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा न्यू पोर्ट क्रिकेट क्लबमाथि ३ विकेटको सानदार जित हात पारेको छ।

२१३ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवाती ब्याटिङ कमजोर रहे पनि गुलशन झा र आरिफ शेखको शतकीय साझेदारीको बलमा ७ विकेट गुमाउँदै ३८ औं ओभरमै लक्ष्य पूरा गर्‍यो। गुलशनले ८० रन
 बनाए भने आरिफ ७२ रनमा अविजित रहे। सोमपाल कामीले पनि ९ रनको योगदान दिए। कप्तानको जिम्मेवारी लिएका दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।

नेपालको सुरुवात निकै कमजोर रहँदा ६ विकेटको क्षतिमा जम्मा ५६ रन मात्र बनाएको थियो। तर गुलशन र आरिफले सातौं विकेटका लागि १३३ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए।

यसअघि, कार्डिफस्थित न्यू पोर्ट क्रिकेट क्लबले निर्धारित ५० ओभरमा २१२ रन बनाएको थियो। क्लबका ओपनर विल त्रिप्कोलीले ११८ रनको प्रभावशाली इनिङ्स खेले। नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान १–१ विकेट लिए।

नेपालले अब स्कटल्याण्ड ‘ए’ सँग दुई अभ्यास खेल खेल्नेछ भने त्यसअघि एक विश्वविद्यालय टोलीसँग समेत अभ्यास खेल खेल्ने कार्यक्रम छ। नियमित कप्तान रोहित पौडेल शनिबार बेलायत पुग्ने तालिका रहेको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्