hERO hERO

कप्तान रोहित पौडेलले कक्षा १२ को परीक्षा दिए, लिग–२ खेल्न भोलि बेलायत जाँदै

शुक्रबार, जेठ २, २०८२

काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले हालै कक्षा १२ को परीक्षा दिएका छन्। उनले आफ्नो गृहनगर बर्दघाट, नवलपरासीबाट परीक्षा दिएका हुन्।

परीक्षाका कारण उनले हालै सम्पन्न टिमको बेलायत भ्रमणमा सहभागी हुन सकेनन्। तर अब लिग–२ अन्तर्गतका खेलहरूका लागि भोलि बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

क्रिकेट बाहेक व्यवसायिक क्षेत्रमा पनि रोहितले पाइला चालेका छन्। उनले काठमाडौंको बुद्धनगरमा सेभेन्टिन बिन्स क्याफेु नामक नयाँ क्याफे व्यवसाय सुरु गरेका छन्।

क्रिकेटमा रोहित नेपालको लागि १५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गर्ने कान्छा खेलाडी हुन्। साथै, २० वर्षको उमेरमा कप्तानी सम्हालेर विश्व अचष्अपभत इतिहासमा दोस्रो कान्छा कप्तान बन्ने कीर्तिमान पनि राखेका छन्।

स्थान टिम खेल संख्या जित हार बराबरी निष्कर्षविहीन अंक नेट रन रेट (NRR)
नेदरल्याण्ड १९ १२ २६ ०.४८१
संयुक्त राज्य अमेरिका १६ ११ २२ ०.६०२
क्यानडा १६ २० ०.२३६
स्कटल्यान्ड १५ १८ ०.८९२
ओमान १६ १८ ०.०१३
नामिबिया २० १३ १४ -०.५४४
संयुक्त अरब इमिरेट्स (UAE) १६ १३ -१.२९४
नेपाल १२ -०.२७१

यो तथ्यांक हेर्दा नेपालले लिगमा अहिलेसम्म निकै निराशाजनक प्रदर्शन गरिरहेको स्पष्ट हुन्छ। जितको प्रतिशत पनि निकै कम (१६.६७%) रहेको छ।

शीर्ष चारमा नपरेको अवस्था – के हुन्छ?
वर्ल्ड कप क्वालिफायरमा सिधा स्थान गुमाउने ,
शीर्ष ४ टिमले वर्ल्ड कप क्वालिफायर खेल्ने सिधा मौका पाउँछन्।

नेपाल पाँचौं स्थान वा त्यसभन्दा तल रह्यो भने वर्ल्ड कपको सपना झन् टाढा जान्छ।

नतिजा: नेपालले वैकल्पिक (प्लेअफ) प्रतियोगिता खेलेर मात्र विश्वकप क्वालिफायरमा पुग्ने मौका पाउँछ, त्यो पनि कठिन बाटो हुँदै।

एकदिवसीय (ODI) मान्यता गुमाउने जोखिम
लिग–२ एकदिवसीय राष्ट्रहरूको लिग हो।

यदि नेपाल अत्यधिक खराब प्रदर्शन गर्दै तल पर्छ भने, भविष्यमा ODI मान्यता गुम्ने खतरा पनि रहन्छ (हालको स्थिति अनुसार तत्काल जोखिम छैन, तर दीर्घकालीन असर पर्न सक्छ)।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्