yt yt

आईपीएल २०२५ फेरि सुरू हुँदै, विदेशी खेलाडीहरू उपलब्ध नहुने

शुक्रबार, जेठ २, २०८२

काठमाडौँ: भारत–पाक तनावका कारण एक साताका लागि स्थगित गरिएको प्रतियोगिता  ९ दिनपछि पुनः सञ्चालनमा आउँदैछ। १७ मे अर्थात भोली देखि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ पुन: सुरु हुने भएको छ। प्रतियोगितामा प्लेअफसहित अझै १७ खेल बाँकी छन्।

यस स्थगनको प्रभावस्वरूप धेरै विदेशी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतिबद्धताको कारण बाँकी खेलमा उपलब्ध नहुने भएका छन्। केही फ्रेन्चाइजहरूले आफ्नो टोलीमा आवश्यक रिप्लेसमेन्ट घोषणा गरिसकेका छन् भने केहीले चाँडै गर्ने तयारी गरिरहेका छन्।

यी तीन टोलीले गरिसके रिप्लेसमेन्ट घोषणा
१🔹 गुजरात टाइटन्स (GT)
– जोस बटलरले लिग चरणसम्म खेल्नेछन्।
– २६ मेपछि कुसल मेंडिस टोलीमा समावेश हुनेछन्।

२🔹 पञ्जाब किङ्स (PBKS)
– लक्की फर्ग्युसन हैमस्ट्रिङ चोटका कारण प्रतियोगिताबाट बाहिर।
– उनको स्थानमा काइल जेमिसन आउँदैछन्। उनलाई भारु २ करोड पारिश्रमिक दिइनेछ।

३🔹 लखनऊ सुपर जायन्ट्स (LSG)
– मयंक यादव फेरि बाहिरिएका छन्।
– रिप्लेसमेन्टमा न्युजिल्यान्डका विलियम ओ’रूर्के टोलीमा समावेश भएका छन्।

यी खेलाडीहरू अझै शंका मा
CSK (चेन्नई सुपर किङ्स): सैम कर्रन र रचिन रवीन्द्र बाँकी खेल खेल्ने सम्भावना कम।

RCB: ज्याकब बेथेल सबै खेल गुमाउन सक्छन्।

DC (दिल्ली क्यापिटल्स): मिचेल स्टार्कको उपलब्धता अझै स्पष्ट छैन।

PBKS: मार्को जानसेन पनि प्लेअफका लागि अनुपलब्ध हुन सक्छन्।

LSG: एडन मार्करम नहुँदा प्लेअफ सम्भावना कमजोर।

प्लेअफका समीकरणहरू पनि जटिल
चेन्नई, हैदराबाद र राजस्थानको यात्रा लगभग समाप्त भइसकेको छ भने बाँकी टोलीहरू प्रतिस्पर्धामा छन्। तर विदेशी खेलाडीहरू अनुपलब्ध हुँदा फ्रेन्चाइजहरूलाई रणनीति परिवर्तन गर्नुपर्ने अवस्था आएको छ।

यस्तो छ आइपिएलको अंक तालिका :

स्थान टोली खेल जित हार NR अंक रनरेट (NRR)
गुजरात टाइटन्स (GT) ११ १६ +०.७९३
रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ११ १६ +०.४८२
पञ्जाब किङ्स (PBKS) ११ १५ +०.३७६
मुम्बई इन्डियन्स (MI) १२ १४ +१.१५६
दिल्ली क्यापिटल्स (DC) ११ १३ +०.३६२
कोलकाता नाइट राइडर्स (KKR) १२ ११ +०.१९३
लखनऊ सुपर जायन्ट्स (LSG) ११ १० -०.४६९
सनराइजर्स हैदराबाद (SRH) ११ -१.१९२
राजस्थान रोयल्स (RR) १२ -०.७१८
१० चेन्नई सुपर किङ्स (CSK) १२ -०.९९२

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०७:२१
प्रतिक्रिया दिनुहोस्