yt yt

टेस्ट च्याम्पियनशिप २०२५ को पुरस्कार रकम सार्वजनिक

सबै टिमले पाउने भए प्राइजमनी
शुक्रबार, जेठ २, २०८२

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC)ले वर्ल्ड टेस्ट च्याम्पियनशिप (WTC) २०२५ को फाइनल र अन्य स्थानमा रहेका टोलीहरूको लागि पुरस्कार राशी सार्वजनिक गरेको छ।
११–१५ जुन २०२५ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने फाइनल खेलमा विजेता टोलीले झण्डै ३०-७ करोड भारु  बराबरको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले करिब १८.५ करोड रुपैयाँ जित्नेछ।
यसपटक क्ष्ऋऋ ले प्रतियोगितामा सहभागी सबै ९ टोलीलाई उनीहरूको अन्तिम स्थानको आधारमा पुरस्कार वितरण गर्ने निर्णय गरेको छ।
पाकिस्तानलाई ९औं स्थानको लागि पुरस्कार
टेस्ट च्याम्पियनशिपको अंक तालिकामा नवौं स्थानमा रहेको पाकिस्तानलाई ICCले ४ लाख ८० हजार अमेरिकी डलर अर्थात् झण्डै ४ करोड रुपैयाँ प्रदान गर्नेछ।
भारतले तेस्रो स्थानमा स्थान बनाउँदै १२.३ करोड पाउने
भारतीय क्रिकेट टोलीले सन् २०२१ र २०२३ मा टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो। तर हालको सत्रमा भारतले तेस्रो स्थानमा रहँदै १२.३ करोड रुपैयाँ बराबरको पुरस्कार पाउनेछ।
पुरस्कार वितरण तालिका :

 

स्थान टिम पुरस्कार राशी (रु. करिब)
विजेता (AUS/SA) ३०.७ करोड
उपविजेता १८.५ करोड
भारत १२.३ करोड
४–८ अन्य स्थानअनुसार क्रमशः घट्दो राशी  
पाकिस्तान ४ करोड

कहाँ र कहिले फाइनल?
वर्ल्ड टेस्ट च्याम्पियनशिप (WTC) २०२३–२५ को फाइनल खेल सन् २०२५ जुन ११ देखि १५ सम्म इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा खेलिनेछ।
फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन्।
कति टोली सहभागी थिए?
यो टेस्ट च्याम्पियनशिपमा कुल ९ टिम सहभागी थिए:
1.    भारत
2.    अष्ट्रेलिया
3.    दक्षिण अफ्रिका
4.    इङ्ल्यान्ड
5.    पाकिस्तान
6.    न्युजील्याण्ड
7.    वेस्ट इन्डिज
8.    बंगलादेश
9.    श्रीलङ्का
यी टिमहरूले दुई वर्षको अवधिमा टेस्ट सिरिज खेल्दै अंक संकलन गरेका थिए, जसको आधारमा अंक तालिका तयार भएको हो।


 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्