yt yt

वर्षाले छोट्याएको खेलमा इन्दुको आक्रामक ब्याटिङ: नेपालले बहराइनलाई ६ विकेटले हरायो

बिहीबार, जेठ १, २०८२

काठमाडौँ: आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबारको खेलमा नेपालले वर्षाका बीच पनि चम्किलो जित दर्ता गरेको छ। डकवर्थ–लुइस (DLS) प्रणालीमार्फत ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५.४ ओभरमै लक्ष्य भेट्टाउँदै बहराइनलाई ६ विकेटले पराजित गरेको हो।

कप्तान इन्दु बर्माको विस्फोटक प्रदर्शन नेपालका लागि निर्णायक बन्यो। उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २४ रन बनाइन्। साथमा पूजा महतोले १३ रन जोडिन्। अन्य ब्याटरहरू खासै टिकी रहन सकेनन्। बहराइनकी पवित्रा सेट्टीले ३ विकेट लिइन्।

यसअघि पहिला ब्याटिङ गर्दै बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। ओपनर रसिका रोड्रिगोले २४ रन बनाउँदा कप्तान दीपिका रासाङ्गिका २३ रनमा अडिए। नेपालका लागि सबै विकेट रनआउटका रूपमा आएका थिए।

४ खेलबाट २ जित, १ हार र १ बराबरीसहित नेपालले ५ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा छ। यद्यपि, सुपर थ्रीको यात्रा बहराइन र हङकङबीचको अन्तिम खेलले निर्णय गर्नेछ।

टिम स्कोर ओभर विकेट
बहराइन 76/3 12.4
नेपाल 57/4 5.4 DL प्रणाली अनुसार जित

यस्तो छ नेपालको सुपर थ्रीको यात्रा 

  • बहराइनले हङकङलाई हराएमा ⇒ नेपाल सुपर थ्री

  • खेल रद्द वा हङकङले जितेमा ⇒ नेपाल बाहिर

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्