yt yt

सन्दीप लामिछाने क्यानको केन्द्रिय सम्झौताबाट बाहिरिए

बुधबार, वैशाख ३१, २०८२

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले क्यानको केन्द्रिय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले  यसपट क्यानको केन्द्रिय सम्झौतामा समावेश नहुने बताएका हुन् । लामिछानेले उक्त निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत तथा पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्।

“यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो,“ उनले उल्लेख गरेका छन् ।क्यानप्रति आभार प्रकट गर्दै सन्दीपले भनेका छन्, “क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।“ उनले आफ्नो अनुभव र योगदानमार्फत अझ धेरै सिक्ने र दिने अवसर अझै बाँकी रहेको उल्लेख गरेका छन् ।“जीवन निरन्तर परिवर्तनशील यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा अघि बढ्न उत्साहित छु,“ लामिछानेको भनाइ छ ।राष्ट्रिय टोली प्रतिको निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले भनेका छन्, “कहिलेकाहीं निर्णयहरू अलगिन होइन, अझ मजबुत भएर अघि बढ्नका लागि लिइन्छन्।

मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।“अन्त्यमा, उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भनेका छन्, “तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ।“

यस्तो छ लामिछानेले फेसबुकमा लेखेको स्टाटस :


 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्