diwpawali diwpawali

नेपाली क्रिकेट टोली आज स्कटल्यान्ड प्रस्थान गर्दै

बुधबार, वैशाख ३१, २०८२

काठमाडौँ : नेपाली क्रिकेट टोली आज स्कटल्यान्ड प्रस्थान गर्दैछ ।

आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज र टी–२० आई सिरिज खेल्न नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको छ । 

त्रिकोणात्मक एकदिवसीय सिरिजः नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्स बीचको सिरिज जुन २ देखि १० सम्म हुनेछ।
टी–२० आई सिरिजः लिग–२ सिरिजपछि यी तीन राष्ट्रहरू बीचको टी–२० आई सिरिज आयोजना हुनेछ ।
नेपाली टोलीको घोषणा
लिग–२ सिरिजका लागि १५ सदस्यीय टोलीः
कप्तानः रोहित पौडेल
उपकप्तानः दीपेन्द्रसिंह ऐरी
खेलाडीहरूः कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह (विकेट कीपर), भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी
टी–२० आई सिरिजका लागि थप ३ खेलाडीः
किरणकुमार ठगुन्ना, रुपेश सिंह, लोकेश बम
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्