सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आइसीसी विश्वकप लिग–२ मा नेदरल्याण्ड्ले अर्को जित निकालेको छ ।
आज भएको खेलमा नेदरल्याण्ड्सले युएई विरुद्द ५ विकेटको जित निकालेको हो । जितकालागि युएईले दिएको २०५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसकालागि म्यास्ओ डाउडले सर्वाधिक ५२ रनको योगदान गरे । कप्तान स्कट एडवार्डसले ४२ तथा मिचेल लेभिटले ३९ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो । उसकालागि आशिफ खानले सर्वाधिक ७५ रन बनाए । ध्रुव परासरले ४१ तथा सागर कल्याणले २१ रन जोडे ।
जितसंगै शिर्ष स्थानको नेदरल्याण्ड्सले २६ अंक जोडेको छ ।