सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग पराजित भएको छ ।
आज भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसंग सात विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदै मात्रै तीन विकेटको क्षतिमा पूरा गर्यो । हङकङको जितमा शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ तथा मारिको हिलले ११ रन जोडिन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनाउको थियो । वर्षाका कारण पाँच ओभरमा छोट्याईएको खेलमा नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन जोडिन् ।
कप्तान इन्दु बर्माले अविजित ९ रन बनाउँदा रुविना क्षेत्री बेलबासे चार तथा पूजा महतोले तीन रन बनाइन् । जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ ।