सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले इण्डियन प्रिमियर लिग (IPL) २०२५ का बाँकी खेलहरूको नयाँ तालिका सार्वजनिक गरेको छ। अब प्रतियोगिताका बाँकी १७ खेलहरू ६ वटा शहरका मैदानहरूमा मे १७ बाट सुरु हुनेछन्, र फाइनल खेल जुन ३ मा आयोजना हुने तय गरिएको छ।
सरकार, सुरक्षा निकाय तथा सरोकारवालाहरूसँगको परामर्शपछि BCCI ले मे १७ बाट प्रतियोगिता पुनः सुरु गर्ने निर्णय लिएको हो। नयाँ तालिकामा प्रत्येक आइतबार दुई खेल खेलाइनेछन्।
पहिलो खेल केकेआर VS आरसीबी, बेंगलुरुमा पुनः सुरु हुने पहिलो खेल बेंगलुरुमा कोलकाता नाइट राइडर्स ९प्प्च्० र रोयल च्यालेन्जर्स बैंगलोर ९च्ऋद्य० बीच हुनेछ। बाँकी खेलहरू जयपुर, बेंगलुरु, लखनउ, दिल्ली, मुम्बई र अहमदाबादका मैदानहरूमा खेलिनेछन्।
प्लेअफ खेल तालिका मूल तालिका अनुसार प्लेअफ चरण मे २० बाट सुरु हुने थियो, तर नयाँ तालिकाअनुसार अब मे २९ बाट सुरु हुनेछ ।
पहिलो क्वालिफायरस् मे २९
-एलिमिनेटर मे ३०
-दोस्रो क्वालिफायर जुन १
-फाइनल खेलस जुन ३
प्लेअफ खेलहरूको स्थान भने पछि घोषणा गरिनेछ।
लिग चरणको अन्तिम खेल लिग चरणको अन्तिम खेल मे २७ मा लखनऊको एकाना स्टेडियममा आरसीबी र लखनऊ सुपर जायन्ट्सबीच हुनेछ।
मे १८ आइतबारका दुई खेलहरू राजस्थान रोयल्स VS पञ्जाब किंग्स
दिल्ली क्यापिटल्स VS पञ्जाब किंग्स