yt yt

अध्यक्ष कपकाे उपाधि वडा ९ लाई

आइतबार, वैशाख २८, २०८२

नवलपुर : इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले हात पारेको छ ।

फाइनलमा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि प्राप्त गरेको हो । उपाधिसँगै वडा नम्बर ९ ले १ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर १० ले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

तेस्रो भएको टोली वडा नं ११ ले ४० हजार नगद पाएको छ । उसले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्दै तेस्रो स्थान हात पारेको ।
सेमिफाइनलमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा नम्बर १० फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर ९ ले वडा नम्बर ११ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सँगको फाइनल भेट पक्का गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर वडा नम्बर ९ का विवेक श्रेष्ठ मदन तामाङ उत्कृष्ट खेलाडी रोशन तामाङ र उत्कृष्ट मिडफील्डर वडा नम्बर ९ कै सुशील तामाङ घोषित भए।

त्यस्तै उच्च गोलकर्ता वडा नम्बर ११ का अमित माझी साथै वडा नम्बर ११ अनुशासित टिम समेत घोषित भएको छ भने उत्कृष्ट डिफेन्डरको अवार्ड वडा नम्बर १० का बिमल तामाङले पाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्