yt yt

थाईल्याण्डलले जित्यो त्रिकोणात्मक टी–२० सिरिज

आइतबार, वैशाख २८, २०८२

काठमाडौँ : जापानलाई हराउँदै थाईल्याण्डले त्रिकोणात्मक टी–२० आई क्रिकेटको उपाधि हात पारेको छ ।

आज भएको फाइनलमा जापानलाई ६ विकेटले हराउँदै थाईल्याण्डले उपाधि हात पारेको हो । जितकालागि जापानले दिएको १०७ रनको लक्ष्य थाइल्णण्डले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो । थाईल्याण्डको जितमा कप्तान अउस्टिन लाजारुसले सर्वाधिक ३९ तथा  अक्षय कुमार यादवले ३७ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । जापानकालागि कप्तान केन्दलले सर्वाधिक ३८ तथा साबोउरिसले २१ रन बनाएपनि अन्य खेलाडीले सम्झना लायकको प्रदर्शन गर्न सकेनन् ।

गत बुधवारबाट सुरु भएको प्रतियोगितामा जापान रथाईल्याण्डसंगै आइस्ल्याण्ड सहभागि रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्