yt yt

वडा नम्बर ९ फाइनलमा प्रवेश, उपाधिका लागि १० सँग खेल्ने

आइतबार, वैशाख २८, २०८२

नवलपुर : इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । 


केही बेर अघि सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ फाइनलमा प्रवेश गरेसँगै फाइनल समीकरण पूरा भएको हो । अब उसले उपाधिका लागि वडा नम्बर १० सँग प्रतिस्पर्धा गर्नेछवडा नम्बर १० हिजो भएको पहिलो सेमीफाइन लमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 
अब तेस्रो स्थानका लागि वडा नम्बर ५ र वडा नम्बर ११ बीच प्रतिस्पर्धा हुनेछ भने फाइनलमा वडा नम्बर ९ र १० बीचको रोमाञ्चक खेल हेर्न पाइनेछ । 
प्रतियोगितामा विजयी हुने टोलीले १ लाख नगद पुरस्कार सहित अध्यक्ष कप रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ६० हजार र तेस्रो स्थान हासिल गर्नेले ४० हजार नगद पुरस्कार पाउनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्