dosa dosa

नेदरल्याण्ड्स लिग–२ को शीर्ष स्थानमा

आइतबार, वैशाख २८, २०८२

काठमाडौँ :नेदरल्याण्ड्स आइसीसी विश्वकप लिग–२ क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार भएको खेलमा स्कटल्याण्डलाई १९ रनले हराउँदै नेदरल्याण्ड्सले शीर्ष स्थान कब्जा गरेको हो । जितकालागि २८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २६३ रन मात्रै बनाउन सक्यो ।

उसकालागि जर्ज मुन्सेले शतकिय पारी खल्दै १०६ रन बनाएपनि  जित दिलाउन सकेनन् । म्याथू क्रसले सर्वाधिक ४७ रन बनाए । फिनले म्याकक्रियाथले ३८ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । उसकालागि ज्याक लायन–क्याचेटले ७८,कप्तान स्कट एडवर्टले ७० तथा म्याक्स ओ डाउडले ६४ रन बनाए ।

जितसंगै नेदरल्याण्ड्सले २४ अंक बनाएको छ ।  दोस्रो स्थानको अमेरिकाको २२ अंक छ । उसले नेदरल्याण्ड्सभन्दा दुई खेल कम खेलेको छ ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्