सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :आइसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताकालागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाली पुरुष टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आज रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा आशिफ शेख,कुशल भुर्तेल,अनिल शाह,भिम सार्की,आरिफ शेख,बसिर अहमद,गुल्शन झा रहेका छन् ।सन्दीप लामीछाने,सोमपाल कामी,करण केसी,ललित राजवंशी,नन्दन यादव र रिजन ढकाल रहेका छन् ।
लिग–२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजकालागि किरण ठगुन्ना,लोकेश बम र रुपेश कुमार सिंह थपिएका छन् । दिपेन्द्र सिं ऐरीले चार बर्षपछि उपकप्तानको जिम्मेवारी पाएका छन् । अनुशासन उल्लंघन गरेको आरोप खेपेपछि क्यानले २०७८ सालमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो ।
क्यानका अनुसार नेपालको सहायक प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लाई दिईएको छ ।