yt yt

अध्यक्ष कप फुटबल : वडा नम्बर १० फाइनलमा प्रवेश 

शनिबार, वैशाख २७, २०८२

नवलपुर :वडा नम्बर १० भोटसिपा इन्द्रावती गाउँपालिका स्तरीय चौथो वडाध्यक्ष कप रनिङशिल्ड फुटबल प्रतियोगिताकोफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा नम्बर १० ले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले एकएक गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी बाट लिएको थियो ।

उसले अब उपाधिका लागि भोलि दोस्रो सेमिफाइनलमा वडा नम्बर ९ र ११ बीच को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । 
उक्त खेलमा पराजित हुने टोलीले तेस्रो स्थानका लागि वडा नम्बर ५ सँग खेल्नेछ । 

प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ प्रतियोगितामा विजय हुने टोलीले १ लाख नगद पुरस्कारसहित अध्यक्ष कप रनिङसिल्ड हात पार्नेछ । उपविजेता हुने टोलीले ६० हजार नगद र तेस्रो स्थान हासिल गर्ने टोलीले ४० हजार नगद प्राप्त गर्नेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्