सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ ।
आज भएको खेलमा नेपालले बहराइनमाथि ९ विकेटको सनसनी जित निकालेको हो । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा ग¥यो । नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक १८ रन बनाइन् ।
ओपनर सम्झना खड्का १३ बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्मा ५ बलमा ७ रन बनाएर नटआउट रहिन् । वर्षाका कारण खेल ५/५ ओभरको खेलाइएको थियो ।
त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् । पहिलो खेल हिजो वर्षाले रद्द भएपछि नेपालले हङकङसंग अंक बाढेको थियो ।
जितसंगै ३ अंक जोडेको नेपाल समुह सी को शिर्ष स्थानमा छ । थाईल्याण्ड र भुटानको खेल भने वर्षाका कारण रद्द भएको छ ।