सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।
थाइल्यान्डमा आजदेखि सुरु भएको प्रतियोगितामा वर्षाका कारण मैदान भिजेपछि टस समेत हुन नसकी खेल रद्द भएको हो । खेलरद्ध भएसंगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । छनौट खेल अन्तर्गत नेपालसंगै हङकङ र बहराईन समुह सी मा परेको छ ।
जेठ ६ गतेसम्म थाईल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्यान्ड, बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई सहभागि हुनेछन् । हरेक समूहको विजेता फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।