सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : कोलकत्ता नाईट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफबाट बाहिरिएको छ ।
बुधवारराती भएको खेलमा चेन्नाइसंग दुई विकेटले पराजित भएपछि कोलकत्ताको प्लेअफ यात्रा टुंगिएको हो । जितकालागि कोलकत्ताले दिएको १८० रनको लक्ष्य चेन्नाइले दुई बल बाँकी छँदै आठ विकेटको क्षतिमा पूरा गर्यो ।
उसकालागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ५२ रनको योगदान गरे । शिवम् दुवेले ४४ तथा उर्विल पटेलले ३१ रन जोडे ।
त्यसअघि इडन गार्डेन मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको कोलकत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसकालागि कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए ।
आन्द्रे रसेलले ३८ तथा मनिष पाण्डेले ३६ रन बनाउँदा सुनिल नरैनले २६ रन जोडे । बलिङतर्फ नूर अहमदले सर्वाधिक चार विकेट लिए ।
योसंगै कोलकत्ता प्लेअफको होडबाट बाहिरिने चौथो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स ,सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स प्लेअफबाट बाहिरिसकेका छन् ।