सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्सले चेनाईसामु जितकालागि १८० रनको लक्ष्य दिएको छ ।
इडन गार्डेन मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको कोलकत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो । उसकालागि कप्तान अजिन्क्या रहानेले सर्वाधिक ४८ रन बनाए । आन्द्रे रसेलले ३८ तथा मनिष पाण्डेले ३६ रन बनाउँदा सुनिल नरैनले २६ रन जोडे ।
बलिङतर्फ नूर अहमदले सर्वाधिक चार विकेट लिए ।
प्लेअफको सम्भावना कायमै राख्न आज कोलकत्तालाई जित्नै पर्ने दबाब छ । चेन्नेइ यसअघिनै प्लेअफबाट बाहिरिसकेको छ ।