सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
टेस्ट कप्तानबाट हटाइने समाचारहरु सार्बजनिक भएकाबेला उनले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । बिहिवार साँझ उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक स्टोरी सेयर गर्दै आफ्नो अवकाशको बारेमा जानकारी दिएका हुन् । टी–२० बाट पहिले नै सन्यास लिइसकेका रोहितले एकदिवसीय खेल भने जारी राख्नेछन् ।
रोहितले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा स्टोरी सेयर गर्दै लेखेका छन्, ‘नमस्ते, म सबैलाई भन्न चाहन्छु कि म टेस्ट क्रिकेटबाट सन्यास लिँदैछु । रातो बल क्रिकेटमा देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गर्वको क्षण थियो । माया र समर्थनको लागि सबैलाई धन्यवाद । म एकदिवसीय फम्र्याटको क्रिकेट भने खेल्ने छु ।