सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका कुशल भुर्तेलले टी–२० अलराउण्डरतर्फ एक स्थान सुधार गरेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आज जारी गरेको वरियतामा भुर्तेल ४० औँ स्थानमा आईपुगेका हुन् । उनी यसअघि ४१ औँ स्थानमा थिए । नेपालका अन्य खेलाडी यथास्थानमा रहेका छन् ।
दिपेन्द्र सिं ऐरी चौथो स्थानमा यथावत रहँदा गुल्शन झा ५४ औँ तथा कुशल मल्ल ६१ औँ स्थानमा रहेका छन् । कप्तान रोहित पौडेल ६३ औँ स्थानमा यथावत रहेका छन् । भारतका हार्दिक पाण्ड्या शिर्ष स्थानमा छन् । ओडिआई तर्फ कुशल मल्लले एक स्थाना सुधार गरेका छन् ।
यसअघि ६२ औँ स्थानमा रहेका मल्ल आईसीसी ओडिआई अलराउण्डरतर्फ ६१ औँ स्थानमा आईपुगेका छन् । नेपालका अन्य खेलाडीहरुको वरियता यथावत छ ।
ओडिआई वलिङतर्फ ललित राजवंशी,दिपेन्द्र सिं ऐरी,सोमपाल कामी र करण केसीको पनि वरियतामा एक–एक स्थान सुधार भएको छ । नयाँ वरियातामा राजवंशी ५४ औँ,ऐरी ६५ ,कामी ८४ तथा केसी ८६ औँ स्थानमा छन् । ओडिआई ब्याटिङतर्फ आशिफ शेखले एक स्थान सुधार गर्दै ८४ औँ स्थानमा आइपुगेका छन् ।