सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :गुजरात टाईटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
वानखेडे रंगशालामा मंगलबार वर्षाका कारण पटक–पटक प्रभावित खेलमा मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्षमा उक्लिएको हो । जितकालागि मुम्बईले दिएको १५६ रनको लक्ष्य दिएको थियो ।
दोस्रो इनिङमा पटक–पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा खेल छोटिएपछि गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पायो । गुजरातले सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको हो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए ।
त्यस्तै जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए ।मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले दुई–दुई तथा दीपक चाहरले एक विकेट लिए ।
त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतारेको थियो । मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । गुजरात ११ खेलमा आठ जितसँगै १६ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अंक छ ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।