सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : विश्वकप छनौटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीले भारतविरुद्ध सान्त्वना जित निकोलेका छ ।
दिल्लीमा आज भएको खेलमा नेपालले स्थानीय टोली आरपिसिए गल्र्सलाई चार रनले पराजित गर्दै सान्त्वना जित निकालेको हो । जितकालागि नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । उसकालागि नजमा खानले अविजित रहँदै सर्वाधिक ४७ रनको योगदान गरिन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन जोडिन् । रुबी पोदारले २०, कविता जोशी ले १९, कविता कुँवरले १८, पूजा महताले १६ तथा कप्तान इन्दु बर्माले १५ रनको योगदान गरिन् । नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप दिल्लीका टोलीसँग अभ्यास खेलेको हो ।
नेपाली टोली दिल्लीबाट सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड जाने छ । विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ ।