आईपिएलबाट बाहिरिने तेस्रो टोली बन्यो हैदरावाद

मंगलबार, वैशाख २३, २०८२

काठमाडौँ : इण्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बीचको खेल वर्षाले रद्द भएको छ ।

खेल रद्द हुँदा प्याट कमिन्सको हैदराबादलाई ठूलो धक्का लागेको छ । जसका कारण हैदराबाद प्लेअफको दौडबाट बाहिरिएको छ ।  टस हारेर पहिले  ब्याटिङमा तानिएको दिल्लीले १३३ रन मात्र बनाएको थियो ।  तर दोस्रो इनिङ सुरु हुनुभन्दा अगाडि नै पानी पर्न थाल्यो । करिब डेढ घण्टासम्म पानी नरोकिएपछि अम्पायरहरूले खेल रद्द भएको घोषणा गरेका थिए ।

dilll-1746494854.jpg

नियम अनुसार खेल रद्द हुँदा दुवै टोलीलाई १–१ अंक दिइएको थियो । हैदराबाद प्लेअफबाट बाहिरिदाँ  दिल्लीको भने आशा अझै जीवित छ । योसंगै तीन टोली आईपीएल २०२५ बाट बाहिरिएका छन् ।

 हैदराबाद प्लेअफ दौडबाट बाहिरिने तेस्रो टोली बनेको छ ।  यसअघि एमएस धोनीको चेन्नई सुपर किंग्स र रियान परागको राजस्थान रोयल्स पनि प्लेअफबाट बाहिरिसकेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्