आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

सोमबार, वैशाख २२, २०८२

काठमाडौँ : क्रिकेटर मोहम्मद आदिल आलममाथि लगाईएको प्रतिबन्ध फुकुवा भएको छ ।

हिजोदेखि  लागू हुनेगरी उनीमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ । २०७९ साल पुस ९ सम्म चलेको नेपाल टी–२० लिग प्रतियोगितामास्पट फिक्सिङ गरेको आरोप लागेपछि उनलाई प्रतिबन्ध लगाईएको थियो ।

क्यानको इन्टेग्रिटी कमिटीको प्रतिवेदनमा आधारमा उनमाथि लागेको प्रतिबन्ध फुकुवा गरिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रतिबनध फुकुवा भएसंगै अब आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

२०८० चैतमा जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङ गरेको पर्याप्त प्रमाण र दाबी नपुगेको भन्दै आदिल र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित ५ जनालाई सफाइ दिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्