सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटबाट बाहिरिने संघारमा छ ।
आज साँझ हुने दिल्ली विरुद्दको खेलमा जित निकालेपनि प्लेअफमा पुग्न अन्य टोलीहरूमा निर्भर हुने देखिन्छ । यदि हैदराबादले आजको खेल हारेमा प्लेअफ दौडबाट बाहिरिने तेस्रो टोली बन्नेछ । यी दुई टोलीबीचको खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ पौने ८ बजे सुरु हुनेछ । अक्षर पटेलको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स सुरुदेखि नै राम्रो लयमा देखिएपनि पछिल्ला केही खेलहरूमा भोगेको हारले थप कठिनाइ सिर्जना गरेको छ ।
दिल्लीले पछिल्ला ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको छ । दिल्लीले अबका खेलहरु ठूलो अन्तरमा जित्नुपर्ने दबाब छ । नेट रन रेटको लागि पनि अन्य टोलीहरु लडिरहेका छन् । हेड टु हेडमा हैदरावाद अगाडि छ ।यी दुई टोलीहरुबीच कूल २५ खेलहरु भएका छन् । जसमा हैदरावादले १३ खेलमा जित निकाल्दा दिल्लीले १२ खेल मात्रै जितेको छ ।
दिल्ली विरुद्ध हैदराबादको उच्चतम स्कोर –२६६ रहेको छ भने हैदराबाद विरुद्ध दिल्लीको उच्चतम स्कोर – २०७ रन रहेको छ । हैदराबादले १० मध्ये ३ खेल मात्रै जित्दै ६ अंकका साथ अंक तालिकामा नवौं स्थानमा छ । दिल्लीले १० खेलमध्ये ६ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ । दिल्ली १२ अंकसहित पाँचौं स्थानमा छ । सम्भावित प्लेइङ ११ यस्तो हुनसक्छ । सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ ११ः अभिषेक शर्मा, इशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासेन (विकेटकिपर), अनिकेत वर्मा, कमिन्दु मेन्डिस, प्याट कमिन्स (कप्तान), हर्षल पटेल, जयदेव उनाडकट, जिशान अन्सारी, मोहम्मद शमी । प्रभावशाली खेलाडीः ट्राभिस हेड (शमीको स्थानमा) दिल्ली क्यापिटल्सको सम्भावित प्लेइङ ११ खेलाडीः फाफ डु प्लेसिस, अभिषेक पोरेल (विकेटकिपर), करुण नायर, केएल राहुल, अक्षर पटेल (कप्तान), ट्रिस्टन स्टब्स, विप्रज निगम, मिचेल स्टार्क, कुलदीप यादव, दुष्मन्ता चमेरा, मुकेश कुमार। प्रभावशाली खेलाडीः समीर रिजवी (स्टार्कको स्थानमा)।