नेपालको पहिलो खेल हङकङसंग 

सोमबार, वैशाख २२, २०८२

काठमाडौँ :आइसिसी महिला विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेटसंघ क्यानले आज (सोमवार)जारी गरेको तालिका अनुसार नेपाले आफ्नो पहिलो खेल बैशाख २६ गते शुक्रवार हङकङसंग खेल्ने छ । २७ गते शनिवार बहराईन तथा बैशाख ३० गते पुनःहङकङसंग खेल्नेछ ।

जेठ १ गते बिहिवार नेपालले पुनः बहराइनसंग खेल्नेछ । छनौट खेल अन्तर्गत नेपालसंगै हङकङ र बहराईन समुह सी मा परेको छ । बैशाख २६ गतेदेखि जेठ ६ गतेसम्म थाईल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्यान्ड, बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई सहभागि हुनेछन् ।

हरेक समूहको विजेता फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।

यो पनि पढ्नुहोस् ।

यस्तो छ नेपालको खेल तालिका :

494419064_1130739385749107_5321920849844246703_n-1746409785.jpg


 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्