पञ्जाव किंग्स दोस्रो स्थानमा उक्लियो

सोमबार, वैशाख २२, २०८२

काठमाडौँ : पञ्जाव किंग्स इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।

आइतवारराती भएको खेलमा लखनऊ सुपर जायन्ट्समाथि ३७ रनको जित निकाल्दै पञ्जाव दोस्रो स्थानमा उक्लिएको हो । जितकालागि पञ्जावले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा लखनाउले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९९ रन मात्रै बनाउन सक्यो । उसकालागि आयुष बडोनीले सर्वाधिक ७४ रनको योगदान गरे । अब्दुल सामदले ४५ तथा आवेश खानले १९ रन बनाए ।

त्यसअघि हिमाञ्चल प्रदेश धर्मशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको पञ्जावले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २३६ रन बनाएको थियो । पञ्जावकालागि प्रभसिमरन सिंहले सर्वाधिक ९१ रनको योगदान गरे । कप्तान श्रेयस अय्यरले ४५ ,शसांक सिंहले ३३ तथा जोश इङ्लिसले ३० रन बनाए ।

जितसंगै १५ अंक जोडेको पञ्जाव दोस्रो स्थानमा रहँदा १६ अंकको बैंगुलुरु शिर्ष स्थानमा छ । १४ अंकको मुम्बई तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्