सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सविरुद्द रोमाञ्चक जित निकालेको छ ।
आइतवार भएको खेलमा कोलकाताले राजस्थानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो । जितकालागि कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २०५ रन मात्र बनाउन सक्यो । राजस्थानको सुरुवात एकदमै खराब रह्यो ।
१४ वर्षीय वैभव सूर्यवंशीले मात्र ४ रन बनाए भने आईपीएलमा डेब्यू गरेका कुणाल सिंह राठोडले आफ्नो पहिलो खेलमा खाता पनि खोल्न सकेनन् ।
राजस्थानले ८ रनको स्कोरमा २ विकेट गुमाएको थियो । यशस्वी जयस्वालले राम्रो सुरुवात गरे पनि २१ बलमा ३४ रन बनाएर आउट हुन पुगे । ध्रुव जुरेल र वानिन्दु हसरंको पनि ब्याटिङ चल्न सकेन । आधा टोली ७१ रनमा आउट हुन पुग्यो ।
राजस्थानका लागि कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए । उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । रियानले मोइन अलीको ओभरमा पाँचौं छक्का र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरेका हुन् । उनी आईपीएलको इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने ।
त्यसअघि इर्डन गार्डेन मैदानमा टस जितेर ब्याटिङ थालेको कोलकाताले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । उसकालागि आन्द्रे रसेलले नटआउट ५७ रन बनाए ।अंगकृष रघुवंशीले ४४,रहमानुउल्लाह गुुरुवाजले ३५ तथा कप्तान अजिन्क्या रहानेले ३० रन जोडे ।