रोमाञ्चक जित निकालेको आरसिबी शीर्षमा

आइतबार, वैशाख २१, २०८२

काठमाडौँ : रोयल च्यालेन्जर बंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राती भएको खेलमा चेन्नई सुपर किङ्ग्स विरुद्द दुई रनको रोमाञ्चक जित निकाल्दै आरसिबी शीर्ष स्थानमा उक्लिएको हो ।

जितकालागि २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २११ रन मात्र जोड्न सक्यो । उसकालागि आयुश माथ्रेले सर्वाधिक ९४ तथा रबिन्द्र जडेजाले ७७ रन बाएपनि जितकालागि पर्याप्त रहन सकेन ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन बनाएको थियो । उसकालागि ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे । कोहलीले सर्वाधिक ६२, बेथेलले ५५ तथा सेफर्डले अविजित ५३खरन बनाए ।

आरसिबी १६ अंक सहित शीर्ष स्थानमा पुग्दा चेन्नई चार अङ्कसहित पुछारमा छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्